Home  
Janahit Voice

प्रधानमन्त्रीको भारत भ्रमण प्रोटोकल नमिलेको टिप्पणी : केपी शर्मा ओली

२२ जेष्ठ २०८०, सोमबार

काठमाडौँ – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण प्रोटोकल नमिलेको टिप्पणी गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्। उनले छलफलमा प्रोटोकलका आधारमा परराष्ट्रमन्त्री वा कूटनीतिक व्यक्ति हुनुपर्नेमा छोरी उपस्थित गराएकामा आपत्ति जनाए।

ओलीले भने– ‘पराराष्ट्रमन्त्री कता छ थाहा छैन, अर्थमन्त्री कहाँ छ थाहा छैन । नेताहरु कता छन् थाहा छैन । प्रधानमन्त्रीको छेउमा उहाँको छोरी देखिन्छिन् । आफ्नो छेउमा पराराष्ट्रमन्त्री छैन, परराष्ट्र सचिव छैन, छोरी राखेको छ । परराष्ट्रको चिफ अफ प्रोटोकल छैन परिवारको सदस्य राख्नुभएको छ । म एउटा के भन्न चाहन्छु भने फस्ट लेडी भनेर ‘स्पाउज’लाई राख्न सकिन्छ, अरु भनेको परिवारका सदस्य हो । छोरो लिएर जानुभयो भने फस्ट जेन्टलम्यान ? ‘स्पाउज’ त हैन ।न्यूजिल्याण्ड लगायतका प्रधानमन्त्रीले ‘स्पाउज’ लिएर जान्छन् । महिला प्रधानमन्त्रीले पनि लिएर जान्छन् । फस्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन ।’

‘भोलि नाती–नातिनी लिएर जानुभयो भने के भन्ने ? सेकेन्ड लेडी ? यस्तो भ्रमणलाई त्यस्तो भद्रगोल गर्नुहुँदैन, त्यहाँ त परराष्ट्रमन्त्री हुनुपर्छ । त्यहाँ मन्त्रीहरु, परराष्ट्र सचिव, शिष्टाचार महापाल हुनुपर्छ । त्यहाँ अफिसियल नोट लेख्ने मान्छे हुनुपर्छ । तपाईले मोदीसँग के के कुरा गर्नुभयो अहिले फेरि यहाँ आएर त्यही शब्द भन्न सक्नुहुन्छ ? सकिँदैन । तपाईंले त्यहाँ कति कुरा गर्नुभयो त्यो सबै सम्झन सकिन्छ ? यस्ता कुराहरुमा रेकर्ड राखिनुपर्छ । यो त पारिवारिक भ्रमण हो कि ? धार्मिक हो कि ? पर्यटकीय हो कि ? तिर्थाटन हो कि ? कहिँ हेर्यो पारिवारिक भ्रमण हो कि जस्तो देखिन्छ, यस्तो कमजोर खालको नेपालको प्रस्तुति हुनुहुँदैन ।’

उनले भारत भ्रमणमा प्रधानमन्त्रीले कमजोर प्रस्तुति गरेकाले मुलुकको शिर झुकेको बताए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *