Home  
Janahit Voice

कमाइको हिसाबले प्राकृतिक व्यक्तिको हकमा कसले कति तिर्नुपर्छ कर ? हेर्नुहोस।

२३ जेष्ठ २०८०, मंगलवार

काठमाण्डौ – आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८०–८१ मा प्राकृतिक व्यक्तिका लागि लागू हुने करको दर सार्वजनिक गरेको छ। आगामी र्थिक वर्षमा एकलको हकमा ५ लाख रुपैयाँसम्म र दम्पतीको हकमा ६ लाख रुपैयाँसम्मको करयोग्य रकममा १ प्रतिशत अर्थात क्रमशः ५ हजार र ६ हजार रुपैयाँ कर तिर्नुपर्नेछ।

यसैगरी ५ लाख रुपैयाँभन्दा बढी ७ लाख रुपैयाँसम्मको करयोग्य रकममा एकल व्यक्तिले १० प्रतिशत अर्थात २० हजार रुपैयाँ र ६ लाख रुपैयाँभन्दा बढी ८ लाख रुपैयाँसम्म दम्पतीको हकमा १० प्रतिशत अर्थात २० हजार रुपैयाँ, सातलाखभन्दा बढी १० लाखसम्मको करयोग्य आयमा एकल व्यक्तिले तथा ८ लाखभन्दा बढी ११ लाखसम्मको करयोग्य आयमा दम्पत्तिले २० प्रतिशत कर तिर्नुपर्नेछ ।

१० लाखभन्दा बढी बीस लाखसम्मको करयोग्य आयमा व्यक्तिले तथा ११ लाखभन्दा बढी २० लाखसम्मको करयोग्य आयमा दम्पत्तिले ३० प्रतिशत कर तिर्नुपर्नेछ ।

यस्तै, २० लाखभन्दा माथि ५० लाखसम्मको करयोग्य आयमा व्यक्ति तथा दम्पत्तिले ३६ प्रतिशत कर तिर्नुपर्नेछ ।

त्यस्तै ५० लाख रुपैयाँभन्दा माथि जुनसुकै करयोग्य रकममा एकल वा दम्पतीले ३९ प्रतिशतसम्म कर तिर्नुपर्नेछ। ६० लाख करयोग्य आय हुनेले तिर्नुपर्ने जम्मा कर रकम १८ लाख ५५ हजार रुपैयाँ हुने विभागले जनाएको छ।

थप बिवरणका लागी यहा क्लिक गर्नुहोस।

tax

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *