Home  
Janahit Voice

ठुलो दलको हैसियतले कोशीमा आफ्नै नेतृत्वको सरकार निर्माणमा पहल गर्ने कांग्रेसको निर्णय

२३ जेष्ठ २०८०, मंगलवार

काठमाडौँ – नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । मङ्गलवार मध्यान्ह बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले गठबन्धनको ठुलो दलको हैसियतले सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको हो । कांग्रेस कोशी प्रदेश संसदीय दलको भर्खरै सकिएको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो।

 

दलको बैठकपछि कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले गठबन्धनको ठुलो दलका हैसियतले सरकारको नेतृत्वमा दाबी रहेको बताए । आफ्नो नेतृत्वमा सरकार निर्माणमा पहल गर्ने भन्दै उनले गठबन्धनमा रहेका दलसँग छलफल गरिने बताए ।

उनले भने, ‘माओवादी केन्द्र र जसपाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार निर्माण बाटो खुलेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ ।’

 

तर, सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्ने कार्कीको भनाइ छ । ‘गठबन्धन अब छलफल हुन्छ । जसो नाममा सहमति हुन्छ, उसैकै नेतृत्वमा सरकार बन्छ । तर, नेपाली कांग्रेस ठुलो दल भएकाले हाम्रो पहिलो दाबी रहन्छ । केन्द्रले के निर्णय गर्छ । त्यो मानेर अगाडि बढ्छौँ’, उनले भने ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *