Home  
Janahit Voice

गाँजा खेतीको सम्भाव्यता अध्ययनबारे ओलीको कटाक्ष

२३ जेष्ठ २०८०, मंगलवार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टयाएपछि सरकार ‘फेन्सी’ कुुराको पछि लागेको बताएका छन्।

बजेटमाथिको सामान्य छलफलमा भाग लिंदै संसदमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरे, ‘…कसले गर्न खोजिराख्या छ यो गाँजा खेती ? यो कसका लागि गाँजा खेती ? अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो ?’

गाँजा खेतीको पछाडि व्यक्तिहरु रहेको र उनीहरुले वैधानिकता खोजिरहेको उनले बताए । कतिपय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा गाँजा खेती हुँदा कतिपयको जीविकोपार्जन हुने भन्ने लागेको हुनसक्ने उल्लेख गर्दै ओलीले नियन्त्रित गाँजा खेतीको विषय भएको बताए ।

कृषिमा आत्मनिर्भर बनाउने विषयमा सरकारले ध्यान नदिएर केही व्यापारीलाई फाइदापुग्ने गरी गाँजा खेतीको कुरा समेटिएको ओलीका आशंका गरे ।

‘धान फलाउने, आलु फलाउने, कृषि बढाउने त्यतापट्टि छैन । खाद्यान्नमा आत्मनिर्भर भन्ने छैन,’ अध्यक्ष ओलीले भने, ‘कसले गर्न खोजी राछ गाँजा खेती ? अहिले मान्छे दृष्टिगोचर भएको छैन । कोही छ गाँजा खेती पछाडि ? गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ?’ लाइसेन्स नलिएको, अधिकार नपाएको गाँजा खेती गर्न पाइँदैन भनेर गाउँगाउँमा गएर खोजी खोजी गाँजाका बोट उखेलिन्छन्,’ उनले भने।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *