Home  
२४ जेष्ठ २०८०, बुधबार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बिहान सिंहदरबारमा जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल हुनेछ।
प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मंगलबार बस्ने नियमित बैठक बस्न नसकेका कारण बैठक आज बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक पनि हो ।
बजेटमाथिको छलफल सोमबारबाट प्रारम्भ भएको हो। सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट सच्याउन माग गरेको छ।अरू विपक्षी दलका सांसदहरूले पनि बजेटले आर्थिक संकट निवारणको बाटो नदेखाउने धारणा राखेका छन्।