Home  
Janahit Voice

साँगामा गाडीको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

२४ जेष्ठ २०८०, बुधबार

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो ।

गाडीको ठक्करबाट घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।

गाडीका चालकलाई  नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको  प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *