Home  
Janahit Voice

कोशी प्रदेश सरकार गठनमा ३० दिने गृहकार्य

२४ जेष्ठ २०८०, बुधबार

नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गृहकार्य सुरु गरेका छन।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत लिनका लागि ३० दिनको समय छ भने कांग्रेस-माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितको गठबन्धनलाई पनि गृहकार्यका लागि ३० दिनको समय छ ।

४ मंसिरको चुनावबाट प्रदेशसभामा आएकाको कुनै पनि दलको पक्षको सहज बहुमत छैन। किन भने ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। सरकारमा रहेका दुई दल नेकपा एमालेसँग ४० र राप्रपासँग ६ गरी ४६ सांसद छन । त्यसै गरि, प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६ नै सांसद छन।

प्रदेशसभामा निर्णायक मत मात्रै दिन पाउने भएकोले माओवादी केन्द्रबाट निर्वाचित बाबुराम गौतम सभामुख तटस्थ भूमिकामा छन। सभामुख माओवादी केन्द्रबाट चुनिएका कारण विश्वासको मत पाउने सत्तापक्ष विश्वस्त छ।

सरकार गठनका लागि निर्णायक देखिएको राप्रपालाई एमालेबाट छुटाएर आफ्नो पक्षमा ल्याउन सत्ता गठबन्धन प्रयासरत छ भने सरकार परिवर्तनका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने शर्त अघि सारेको छ।

राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले चार वर्षसम्म मुख्यमन्त्री पाउने लिखित सहमति भए मात्रै सरकार परिवर्तनमा साथ दिने भनेका छन भने कांग्रेस र माओवादी केन्द्र राप्रपालाई मुख्यमन्त्रीमा स्वीकार गर्ने पक्षमा सकारात्त्मक भने छैनन। प्रदेशसभामा ६ सिट रहेको राप्रपा सामेल भए कांग्रेस-माओवादी- एकीकृत समाजवादी र जनता समाजवादीसहितको ५२ सिटे गठबन्धनले सहज रुपमा सरकार गठन गर्न सक्छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *