Home  
Janahit Voice

कालीकोटमा न्युट्रल अवस्थामा राखेको जिप खस्दा जिपमा सवार दम्पतीको मृत्यु

२५ जेष्ठ २०८०, बिहीबार

कालीकोटमा न्युट्रल अवस्थामा राखेको बोलेरो जिप खस्दा जिपमा सवार दम्पतीको मृत्यु भएको छ। कालीकोटको रास्कोट नगरपालिका– २ सेरा बजारमा स्टार्ट गरी न्युट्रल अवस्थामा छोडेको बोलेरो जिप सडकभन्दा तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

ग ३ च ४६१० नम्बरको जीप दुर्घटना हुँदा ४३ वर्षीय मनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनिहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनबहादुर शाही नेपाली कांग्रेसका वडा सभापति हुन् । दुर्घटनामा परी ३० वर्षीया रिताकुमारी सिंह घाइते भएकी छन्। प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ। उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पुर्‍याइएको बताइएको छ।

दुर्घटनापछि जिपका चालक विनोद दलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *