Home  
Janahit Voice

मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पुर्‍याउन जरुरी : मन्त्री शर्मा

२५ जेष्ठ २०८०, बिहीबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएकी छिन्। बिहीबार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले प्राविधिक शिक्षाको आवश्यकता रहेको पनि बताइन् ।

मन्त्री शर्माले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरू बर्बादीको शिकार भइरहेको बताइन् । साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढिरहेको उनको भनाइ  छ। सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थितिसमेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको उनले बताइन ।

भर्खरका किशोरकिशोरीहरू ठिक ढंगले साइबर शिक्षा, डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा त्यसको प्रयोगमा चुकिरहेका पनि उनले बताएकी छिन। मोबाइल प्रयोग कसरी ठिक ढंगले गर्ने, हाम्रो जीवनमा सकारात्मक ढंगले कसरी लागू गर्ने भन्ने कुराको सही शिक्षा दिन नसक्दा हाम्रा किशोरकिशोरीहरू आज बर्बादीको शिकार भइरहेका छन् ।’

मन्त्री शर्माले आत्महत्याका घटना बढ्नुमा प्रविधिको दुरुपयोग पनि कारण रहेको बताइन् । प्रविधि प्रयोगसम्बन्धि नियम र कानुनको खाँचो रहे‍को उनको भनाइ थियो । मन्त्री शर्माले मोबाइलको विकाससँगै प्रविधिको सही प्रयोग गर्न प्राविधिक शिक्षालाई पनि जनस्तरमा पुर्‍याउन जरुरी रहेको बताइन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *