Home  
Janahit Voice

मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

२५ जेष्ठ २०८०, बिहीबार

काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छ्न। नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाएका हुन् ।

राष्ट्रियसभा गृहस्थित मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको बालेनका स्वकीय सचिवले जानकारी दिएका छन। बालेन साह यतिबेला भारतको बैंगलोरमा भएतापनि उनको निर्देशनमा नै  ग्रेटर नेपालको नक्सा राखेको सचिवालयले बताएको छ।

स्वतन्त्र मेयर भएका कारण उहाँलले ‘टिट फर ट्याट’ गर्न कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने भन्नुभएको थियो।’यस्तै नेपालको नक्सा पनि पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनःस्थापना गरिएको पनि बताइएको छ।

भारतले आफ्नो संसदमा ग्रेटर इण्डियाको नक्सा राखेको छ । त्यसमा नेपालका लुम्बिनी र कपिलवस्तु समेत समेटिएका छन् । भारतको उक्त कदमको नेपालमा चर्को विरोध भइरहेको छ ।

मेयर बालेनको कार्यकक्षमा राखिएको ग्रेटर नेपालको नक्सा सुगौली सन्धि हुनु अघिको नेपाली भूभाग समेटिएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *