Home  
Janahit Voice

विकास मोडलबारे फरक ढंगले सोच्न आवश्यक छः : प्रचण्ड

२५ जेष्ठ २०८०, बिहीबार

आँज (बिहीबार) बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भइरहेको विकास पद्धतिका बारेमा फरक ढंगले सोच्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले योजनाबद्ध विकासको प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशिता जस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको भएतापनि उत्पादन रोजगारीको क्षेत्रमा प्रगति उत्साहजनक छैन,’ उनले भने।

अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबारलाई सुचारु गर्ने निर्णय गरिएको उनले उल्लेख गरे । पछिल्लो समयमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हाबी हुनु दुःखद भएको उनले बताएका छन।

प्रचण्डले उच्च मुद्रास्फिति र अस्थीर ब्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *