Home  
Janahit Voice

आजको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने

२६ जेष्ठ २०८०, शुक्रबार

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको सर्वदलीय बैठक आज बस्दै छ।

आज बिहान साढे ११ बजे स‌सद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले आफ्नो धारणा राख्ने संसद् सचिवालयले बताएको छ।

आजको सर्वदलीय बैठकमा अर्थमन्त्री डा।प्रकाशशरण महतले आर्थिक वर्ष २०८०\८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछि सोही बारेमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हुन।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।

बजेट सच्याउनका लागि नेकपा (एमाले)ले माग गरेको छ। अरू प्रतिपक्षी दलका सांसदहरुले पनि बजेटले अहिलेको आर्थिक संकट निवारण गर्न नसक्ने धारणा राखेका छन्।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *