Home  
Janahit Voice

नेकपा माओवादी केन्द्रले आज पनि मधेस प्रदेश सभा बैठक बहिष्कार गर्ने

२६ जेष्ठ २०८०, शुक्रबार

मधेस प्रदेश सभा बैठक सत्तारूढ नेकपा माओवादी केन्द्रले आज पनि बहिष्कार गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रममा आफूहरूका सुझाव नसमेटिएको बैठक बहिष्कार गर्ने भएको हो । बिहीबार पनि माओवादीले प्रदेश सभा बैठक बहिष्कार गरेको थियो।

मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको सहमति कार्यन्वयन नगरेको आरोपसमेत माओवादीले लगाएको छ।

आज दिउँसो २ बजे बस्न लागेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

‘हाम्रा सुझाव नीति तथा कार्यक्रममा समेटिएको पाइएन। सरकारले केन्द्रका नेताहरूबीच भएको सहमति पनि कार्यन्वयन गरेन। त्यसैले हामी आज पनि प्रदेश सभा बैठक बहिस्कार गर्छौं,’ माओवादी केन्द्रले बताएको छ।

बिहीबार नीति तथा कार्यक्रममाथि सदनमा छलफल हुदा  पनि छलफलमा सत्तारुढ दलहरूसँगै प्रतिपक्षी दलका अधिकांश सांसदले नीति तथा कार्यक्रमको आलोचना गरेका थिए।

सरकारले विभिन्न योजनाका रकम आर्थिक मसान्तको अन्तमा आएर रकमान्तर गरिरहेको प्रति पनि माओवादीको असन्तुष्टि छ। कमिसन लिएर अर्थ मन्त्रालयले विकासे योजनाको रकम निश्चित व्यक्तिको स्वार्थपूर्ति हुने कार्यक्रममा रकमान्तर गरिरहेको माओवादीको आरोप छ।

आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अपरान्ह ५ बजे मधेश प्रदेशमा मन्त्रालय भागबण्डाको विषयमा छलफल हुने तयारी पनि रहेको छ।

मधेसमा माओवादीले थप मन्त्रालय माग गरेका छन। थप मन्त्रालय नदिए शनिबार मन्त्री फिर्ता बोलाउने प्रदेश सभा सदस्यले पठाएका छन। सरकारमा माओवादीको तर्फबाट सुनिता यादव उद्योग वाणिज्य तथा पर्यटन मन्त्री र रहबर अन्सारी सोही मन्त्रालयका राज्यमन्त्री छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *