Home  
Janahit Voice

कोशी प्रदेशको नामलाई लिएर हाम्रा शीर्ष नेताको हत्याको प्रयासहुँदा सरकार रमिता हेरिरहेको छ : योगेश भट्टराई

२६ जेष्ठ २०८०, शुक्रबार

कोशी प्रदेशको नामको विषयलाई लिएर एमाले नेताहरूमाथि किन आक्रमण भइरहेको छ भन्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले गृहमन्त्रीसँग जवाफ मागेका छन् ।आज भएको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद भट्टराईले पार्टी अध्यक्ष केपी ओली र उपनेता सुवास नेम्वाङ् पूर्वको कार्यक्रममा जाँदा एम्बुस थाप्ने लगायतका काम गरी हत्या प्रयास भएको दाबी गरेका छन।

‘प्रदेशको अस्थायी राजधानी केन्द्रले तोकेको हो। नाम र स्थायी राजधानीका सन्दर्भमा के गर्ने त्यो सम्बन्धित कुरा हो। गत फागुन १७ गते कोशी प्रदेशको नाम दुई तिहाइभन्दा बढी प्रदेश सभाका सदस्यहरूले तय गरेका हुन्। तर, त्यसैलाई लिएर एमालेलाई निशानामा पारिएको छ। एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङलाई एम्बुस थापेर मार्ने काम भयो,’ उनले भने, ‘तर, सरकार रमिता हेरिरहेको छ। केही गर्दैन।’

उनले इलामको सोम्याक भञ्ज्याङमा प्रदेश सभा सदस्य राम रानामाथि र उदयपुरमा उपसभामुख सिर्जना दनुवारमाथि आक्रमण प्रयास हुँदा पनि सरकारले सुरक्षा नदिएको बताएका छन।

उनले सत्तापक्षले नै अराजकता सिर्जना गरिरहेको समेत आरोप लगाउँदै प्रश्न गरेका छन,‘के सत्तापक्ष हामीसँग भिड्न खोजेको हो? यदि सरकार हाम्रा नेता–कार्यकर्ता, एमालेलाई सुरक्षा दिन सक्दैन भने एमालेले आफ्नो सुरक्षा आफ्नै गर्छ म गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु,’ योगेश भने।

विराटनगरमा प्रदर्शनको क्रममा एक जनाको मृत्यु भएको बताउँदै पुलिसले लाठीचार्ज गरेर मारिएको हो कि आन्दोलनकारीको तर्फबाट हानेको कुरा आएको भन्दै त्यसको जवाफ माग गरेका छन् । गत फागुन १७ गते कोसी प्रदेशको नाम तोकिएपछि सो नामको विषयलाई लिएर आन्दोलन भइरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *