Home  
Janahit Voice

प्रतिनिधिसभा बैठकमा लम्पिस्किनदेखि लुसम्मको विषय सांसदहरुले गराए सरकारलाइ ध्यानाकर्षण

२६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौँ – शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य विमला सुवेदीले गाईवस्तुमा देखा रेको लम्पिस्किन रोगको प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।

उनले देशभर गाईवस्तुमा लाग्ने लम्पिस्किन रोग फैलिएको भन्दै यसको लागि औषधि उपचार गर्न र प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेकी हुन् । उनले सरकारले बीमा कम्पनीलाई बुझाउनुपर्ने प्रिमियम नबुझाएका कारण किसानले पाउनुपर्ने बीमा रकम समेत नपाएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।

तेस्तै  प्रतिनिधिसभा सदस्य मनिष झाले तराईमा तातो हावाको कारण जनजीवन प्रभावित भएको कुरा सरकारलाई सजग गराउँदै स्वास्थ्य संस्थाहरुले आवश्यक तयारी गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले किसानले मौसम अनुरुपका विभिन्न समस्याहरु खेप्नुपरेको भन्दै उनीहरुलाई समस्या अनुरुपको राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।

असार १ गतेदेखि गंगबुस्थित बसपार्कबाट मात्रै यात्रुबाहक बस छुट्ने व्यवस्थाको अन्त्य गर्न काठमाडौँ महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई प्रतिनिधिसभा सदस्य माधव सापकोटाले आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य रघुजी पन्तले भारतको प्रतिरोधस्वरुप नेपालले टिष्टा, काँगडासम्म भएको आफ्नो नक्सा संसद् भवनमा राख्ने प्रस्ताव गरे ।

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालेउनले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माणको क्रममा हराएको सुनको सम्बन्धमा प्रश्न उठाउँदा बैठकको रेकर्डबाट हटाइएको भन्दै आफू त्यसरी रेकर्डबाट हटाउने कुराको विरुद्धमा रहेको उल्लेख गर्दै प्रतिनिधि सभा बैठकमा बोलिएका कुराहरू रेकर्डबाट हटाउने कुराको अन्त्य गर्न सरकारसँग आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले  संघीय शिक्षा ऐन संसद्को यसै अधिवेशनमा ल्याउन पनि माग गरे । उनले संघीय निजामती सेवा ऐन पनि संसद्को यसै सदनमा ल्याएर पारित गर्नुपर्नेमा जोड दिए ।विद्यालय कर्मचारी र बालविकास शिक्षकको माग सम्बोधन गर्न सरकारसँग माग गरे ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *