Home  
Janahit Voice

मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थल जाँनु राजनीति हुन्छ र प्रश्न उठ्छ : डा. भट्टराई

२८ जेष्ठ २०८०, आईतवार

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपतिनाथ मन्दिरको दर्शनमाथि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए।प्रधानमन्त्री ,अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित पशुपतिनाथको मन्दिर पुगेका हुन्।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले त्यसरी जाँदा प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन् ।

‘जो कोही पनि एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन, त्यो उनिहरुको निजी आस्थाको कुरा हो,’ भट्टराईले प्रचण्डको पशुपति दर्शनको तस्बिर राख्दै सामाजिक संञ्जाल मार्फत  लेखेका छन्, ‘तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृङ्खलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’

यता सचिवालयले भने पशुपतिभित्रका बेथिति हटाउने र पशुपति क्षेत्र विकास कोषलाई उत्तरदायी बनाउने कार्यमा सरकार उत्तिकै क्रियाशील रहेकाले प्रधानमन्त्री निरीक्षणका लागि गएको बताएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *