Home  
Janahit Voice

आजको मौसम : कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा

२८ जेष्ठ २०८०, आईतवार

हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।

अन्य भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

राती पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *