Home  
Janahit Voice

एमजन जङ्गलमा विमान दुर्घटनामा परेर  हराएका बालबालिका ४० दिनपछि जीवितै भेटिए

२८ जेष्ठ २०८०, आईतवार

विमान दुर्घटनामा परेर एमजन जङ्गलमा हराएका बालबालिका ४० दिनपछि जीवितै भेटिएका छन।

कोलम्बियास्थित एमजन जङ्गलमा भएको एउटा विमान दुर्घटनामा परेर कैयौँ सातासम्म सहायता पाउन नसकेका चार जना बालबालिका जीवितै फेला परेका छन्।

एकै परिवारका चार जना सन्तानको उद्धार हुनु “पूरा देशका लागि हर्षको विषय” भएको कोलम्बियाका राष्ट्रपतिले बताए।

उद्धार गरिएका बालबालिकाहरू १३, ९, ४ र १ वर्षका छन्। उक्त जङ्गलमा मे १ मा भएको एउटा सानो विमान दुर्घटनामा ती बालबालिकाकी आमा र दुई जना पाइलटको मृत्यु भएको थियो।

उनीहरू दर्जनौँ सैनिक र स्थानीय मानिसहरू संलग्न एउटा ठूलो उद्धार अभियानको केन्द्रमा थिए।  ती बालबालिकाहरू फेला पर्नु एउटा “चमत्कारिक दिन” भएको राष्ट्रपति गुस्तभो पेत्रोले बताएका छन्।

उनले भने, “उनीहरू एक्लै थिए, इतिहासमा लेखिने गरी पूरै बच्नुको एउटा उदाहरण उनीहरू आफैँले बनाएका छन्।” “यी बालबालिकाहरू शान्तिका प्रतिक र कोलम्बियाका बालबालिका हुन्।”

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *