Home  
Janahit Voice

आइतबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

२८ जेष्ठ २०८०, आईतवार

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

आज छापावाल सुन अघिल्लो दिन अर्थात् शुक्रबार कै मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी शुक्रबार कै मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *