Home  
Janahit Voice

काठमाडौंमा लागू औषध कारोवारीमाथि गोली प्रहार

२८ जेष्ठ २०८०, आईतवार

काठमाडौं- काठमाडौंको सिनामंगलस्थित सञ्चारग्राम नजिक प्रहरीद्वारा लागू औषध कारोवारीमाथि गोली प्रहार भएको छ।

सिनामंगलमा लागुऔषध कारोबारीलाई पक्रन प्रहरीले गोली चलाउँदा लागू औषधका कारोबारमा संलग्न व्यक्ति  गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारमा संलग्न व्यक्तिलाई गोली प्रहार गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले घटनाको पुष्टि गर्दै घाइतेको हाल केएमसी अस्पताल सिनामंगलमा उपचार भइहरेको बताएका छन।

उनले भने ‘सूचना विभाग नजिकै शम्भू मार्गमा लागू औषध कारोबारीलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ, गोली लागेर घाइते ती व्यक्तिको अहिले केएमसीमा उपचार भइरहेको छ । ’

कारोबारीबाट १ सय ग्राम लागुऔषध बरामद गरिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *