Home  
Janahit Voice

बुहारी हराएको भन्दै निवेदन दिने ससुराले नै बुहारीको हत्या गरेको खुलासा

२८ जेष्ठ २०८०, आईतवार

गत जेठ १८ गते साँझबाट कैलालीकी २७ वर्षीया कौशी भनिने कविता बुढा हराएकी थिइन्।

भोलीपल्ट आफ्नी बुहारी घरबाट हराएको भन्दै उनकै ससुराले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए। हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगङ्गा नगरपालिका-१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।

आफ्नै बुहारी २७ वर्षीय कौसी भन्ने कविता बुढाको हत्या गरेको अभियोगमा प्रहरीले गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीय लहरी बुढालाई पक्राउ गरेको छ ।

घरको काम नगर्ने,आफूखुसी गर्ने भनी निहुँ खोज्दै विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कवितालाई डिल्लीले टाउकोमा चिर्पट दाउराले प्रहार गरी हत्या गरेपश्चात् डिल्ली र उनकै श्रीमती लहरी मिलेर लासलाई डोकोमा हाली उक्त बनमा लगी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

यस बिषमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *