Home  
Janahit Voice

आज अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

२९ जेष्ठ २०८०, सोमबार

काठमाडौँ – आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ । उक्त बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले आज बस्ने बैठकमा बजेटबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै छन्। यही जेठ १५ गते अर्थमन्त्री महतले १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *