Home  
Janahit Voice

मौसम पूर्वानुमान महाशाखाका अनुसार चारवटा प्रदेशमा वर्षाको सम्भावना

२९ जेष्ठ २०८०, सोमबार

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

यसका कारण कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज राति पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै महाशाखाले केही दिनमै मौसम नेपाल भित्रने पूर्वानुमान गरेको छ। भारतको केरला हुँदै आउने प्रणाली बंगालको खाडी पुग्छ। अहिले भुटानमा सक्रिय देखिएको मौसम केही दिनमा झापा हुँदै नेपाल त्र।भित्रिने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *