Home  
Janahit Voice

आज बिहान बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

२९ जेष्ठ २०८०, सोमबार

काठमाडौँ –  सोमबार (आज)बिहान बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बडीमालिकाको उत्तरतर्फ भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

बिहान ७ बजेर ३८ मिनेटमा गएको भूकम्पको तीव्रता ४.४ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ । यसअघि आइतबार सङ्खुवासभा जिल्लाको बाला केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *