Home  
Janahit Voice

महानगरले अनामनगरको सार्वजनिक जग्गामा डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना

२९ जेष्ठ २०८०, सोमबार

काठमाडौं महानगरले काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा डोजर चलाएपछि स्थानीयहरुले बिरोध गरेका छन्।

महानगरपालिकाले सोमवार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो ।

एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् । अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ ।

महानगरपालिकाले अहिले काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ । स्थानीयको बिरोध गरेतापनि डोजर चलाइरहेको छ । स्थानीयहरुले भने बिरोध गरिरहेका छन् ।

महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरुको भनाइ रहेको छ।

स्थानीयहरुले वडा कार्यालय बाहेकका अन्य कुनैपनि संरचना बनाउन महानगरपालिकालाई आफूहरुको समर्थन रहने प्रतिवद्धता जनाएका छन्। महानगरपालिकाले भने स्थानीयहरुको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *