Home  
Janahit Voice

त्रिभुवन विमानस्थलबाट लागुऔषध चरेसहित जर्मन नागरिक पक्राउ

२९ जेष्ठ २०८०, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोभन्दा बढी लागुऔषध चरेसहित जर्मन नागरिक पक्राउ परेका छन् ।

सोमबार ६३ वर्षीय जर्मन नागरिक टर्किस एयरलाइन्सबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जान लागेका पल रिस्टलाई विमानस्थलमा खटिएका प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएलिएका हुन ।

लागुऔषध सुटकेसमा कार्बन पेपरले बेरेर लुकाएका थिए । विमानस्थलma प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएको पत्ता लागेको हो । यसपछि चरेससहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विमानस्थल प्रहरीले पक्राउ परेका ती जर्मन नागरिकतालाई लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *