Home  
Janahit Voice

प्युठान तीर्थयात्री दुर्घटना : प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

३० जेष्ठ २०८०, मंगलवार

प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले सो घटनाप्रति दुःख व्यक्त गर्दै भन्नुभएको छ, ‘‘प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएको खबरले दुखित बनाएको छ। घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली ? उहाँका सबै आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’’

प्युठानको स्वर्गद्वारीबाट फर्किँदै गरेको लु १ च ६३४५ नम्वरको जिप दुर्घटना हुँदा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षीया राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् ।

यस्तै, तुलसीपुर कोठरी घर भई नारायणपुरमा डेरा गरेर बस्ने ३४ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल शर्मा, ९ वर्षीय विकास शर्मा र घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालले ज्यान गुमाएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *