Home  
Janahit Voice

मधेस प्रदेशसभाको  बैठक आकस्मिक आह्वान : मुख्यमन्त्री विश्वासको मत लिँदै 

३० जेष्ठ २०८०, मंगलवार

मङ्गलवार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । आकस्मिक रूपमा मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिन लागेका हुन् ।

अगामी जेठ ३२ गते मधेस प्रदेशको प्रदेशसभा बैठक बस्ने भनिएकोमा आज आकस्मिक रूपमा बैठक डाकेर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभाको आकस्मिक बैठक मङ्गलवार साँझ ५ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । एमाले सहितका दलको समर्थनमा गत पुस २७ गते यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो भने जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आज तीस औँ दिनको दिन आकस्मिक बैठक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका बताइएको छ।

मङ्गलवार बिहान मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले ३२ गते विश्वासको मत लिए दिनको हिसाबले कानुनी अड्चन आउन सक्ने भएकाले आजै विश्वासको मत लिने निर्णय गरेको थियो । सोही अनुसार हतारमा बैठक आह्वान गरिएको हो ।

प्रदेशसभा सचिवालयले सांसदहरूलाई मोबाइलमा एसएमएस पठाएर आज साँझ ५ बजे बैठकमा सहभागी हुन सूचित गरेको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *