Home  
Janahit Voice

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुरामविरूद्ध रिटको सुनुवाइ आज हुँदै

३० जेष्ठ २०८०, मंगलवार

माओवादी नेतृत्वमा भएको सशस्त्र संघर्षमा बाल सेना प्रयोग गरेको आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईविरूद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ।

पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले प्रधानमन्त्री प्रचण्ड, डा. भट्टराई लगायत विरूद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। त्यसमाथि मंगलबार सुनुवाइ हुन लागेको हो ।

पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाल लगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गराएका हुन् ।

सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारबाही तत्काल गर्नु गराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *