Home  
Janahit Voice

काठमाडौँ महानगरपालिकाले तोड्यो विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला

३० जेष्ठ २०८०, मंगलवार

विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेर पठनपाठन सुचारु गराएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो ।

काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडेर पठनपाठन सुचारु गराएको महानगर प्रहरीले जनाएको छ ।

शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले तालाबन्दी गरिएको खबर प्राप्त भएलगत्तै तत्काल एक्सन लिएर पठनपाठन सहज बनाइएको जानकारी दिए । ‘अनेरास्ववियू क्रान्तिकारीले तीन स्कुलमा ताला लगाएको खबर आएसँगै हामीले तत्काल एक्सन लिएका हौँ’, उनले भने

यसैबीच मेयर शाहले काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएको बताए । ‘हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौँ र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो’, उनले भनेका छन्, ‘यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो।’

तर, पढ्ने ठाउँमा ताला लगाएर अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए ।‘चाहे सो विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ’, मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन् । त्यसैले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाइएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *