Home  
३० जेष्ठ २०८०, मंगलवार
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालालमा भर्ना
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि ७९ बर्षीय पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना भएका छन।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ
राष्ट्रपति पौडेललाई बिहान ७ बजे अस्पताल लगिएको र राष्ट्रपति पौडेल अहिले भीआईपी क्याबिन चिकित्सकको निगरानीमा रहेको जानकारीमा आएको छ।
पौडेल वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किएका थिए।