Home  
Janahit Voice

सुर्ती–चुरोटमा अझै कर बढाएर सबै गरिबको निःशुल्क उपचार गर्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

३१ जेष्ठ २०८०, बुधबार

सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर गरिब तथा न्यून आएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने नीति बनाउन लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् ।

उनले संविधानले स्वास्थ्य शिक्षाको विषय निःशुल्क भने पनि व्यवहारमा निःशुल्क हुन नसकिरहेको अवस्थामा मन्त्रालयले गरिब तथा बेवारिसे अवस्थामा पुगेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उल्लेख गरेका हुन् ।

मन्त्री बस्नेतले बुधबार प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै  सुर्तीजन्य सामग्रीमा अझै करको मात्रा बढाएर ५ वर्षमा सबै नेपालीको निःशुल्क उपचारको व्यवस्था गर्न सकिनेबारे गृहकार्य गरिरहेको जानकारी दिए ।

एसियाका अरू देशको तुलनामा नेपालमा सुर्तीजन्य बस्तुमा करको मात्रा थोरै रहेको बताउँदै उनले करको मात्रा बढाएर त्यसबाट आउने रकमको छुट्टै कोष बनाएर ५ वर्ष भित्रमा सबै विपन्न गरिबको उपचार गर्न सकिने पनि उल्लेख गरे ।

यस्तै उनले गर्मी मौसम आएकाले दादुरा, आगलागी, सर्पदंशका घटना बढ्दै गएकोले सावधानी अपनाउन र उपचारको व्यवस्था गर्न सम्बन्धित स्वास्थ्य विभाग केन्द्रहरूलाई निर्देशन दिएको जानकारी गराए ।

देशभरिका अस्पतालहरूमा कति बेड क्षमता छ, आइसियुको अवस्था छ बिरामीको उपचार गर्न स्रोत साधन के छ भन्ने कुरा वेबसाइटमा राख्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न लागेको बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *