Home  
Janahit Voice

मूल्य अभिवृद्धि करसगै अकासियो बजारमा प्याजको मूल्य

३१ जेष्ठ २०८०, बुधबार

 

नेपालीहरूको भान्सामा धेरै  प्रयोग हुने प्याजको मुल्य  अकासिएको छ। सरकारले तरकारीको आयातमा मूल्य अभिवृद्धि कर लगाउए सगै प्याजको  अभाव भएको र बजार मूल्य अकासिएको पाइएको छ।

कालीमाटी बजारमा आउने झन्डै ९९ प्रतिशत प्याज भारतबाट आउने गरेको छ। तरकारीको सबैभन्दा ठूलो थोक बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा केही व्यवसायीले आयात गर्न छाडेका कारण पछिल्लो १० दिनदेखि प्याज नै पाइन छाडेको बताइएको छ।

अहिले काठमाण्डूमा प्याजको प्रतिकेजी खुद्रा मूल्य १०० रुपैयाँसम्म पुगेको बताइन्छ। तर कालिमाटी तरकारी तथा फलफुल मुल्य लिस्टमा भने प्याजको मुल्य राखिएको छैन।

व्यवसायीहरूका अनुसार जेठ १६ गते बजारमा एक केजी प्याजको थोक मूल्य अधिकतम ३५ रुपैयाँ थियो। जेठ २४ गते मूल्य बढेर थोक बजारमै अधिकतममा ७० रुपैयाँ पुगेको देखिन्छ। त्यसपछि भने कालीमाटी बजारमा प्याज नभित्रिएको उनीहरु बताउँछन।

सरकारको पछिल्लो नीतिले आफूहरूलाई मूल्य अभिवृद्धि कर (भ्याट) का लागि दर्ता हुन बाध्य पारेका कारण प्याज आयात गर्न नसक्दा बजारमा समस्या देखिएको व्यवसायीहरू बताउँछन्।

सरकारले बजेटमार्फत् तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा भ्याट लगाएको हो। स्वदेशी उत्पादनलाई संरक्षण गर्नका लागि त्यस्तो नीति लिइएको सरकारी भनाइ छ।जानकारहरूका अनुसार प्याजमा नेपाल लगभग पूर्ण रूपमा भारतमा निर्भर छ।

 

 

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *