Home  
Janahit Voice

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि आक्रमण गर्ने सरोज पक्राउ

३१ जेष्ठ २०८०, बुधबार

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई मसी छर्किने समूहको नेतृत्व गर्ने सरोज पोख्रेल पक्राउ परेका छन् ।नेविसंघ मोरङका अध्यक्षसमेत रहेका पोख्रेललाई मोरङ-सुनसरी संयुक्त टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको बताइएको छ।

सुनसरी प्रहरीका अनुसार घटनामा संलग्न अन्यको प्रहरीले खोजी गरिरहेको छ । गत सोमबार सेवा आयोगको इटहरी आपगाछीस्थिति क्वार्टरमा पुगेर नेविसंघको एउटा समूहले अध्यक्ष दाहालमाथि मसी छर्किएको थियो ।

सुनसरी प्रहरीका अनुसार अध्यक्ष दाहालमाथि मसी छ्यापिदिएको घटनाबारे प्रहरीमा जाहेरी परेको छ ।   अब अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले बताएको छ।

पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका सेवा आयोग अध्यक्ष दाहाललाई नेविसंघ, मोरङले दुर्व्यवहार गरेको हो। सुनसरीको इटहरी उपमहानगरको आँपगाछीस्थित आवासमा प्रवेश गरेर सोमबार नेविसंघका नेताहरूले दाहालको अनुहारमा मोसोजस्तो कालो पदार्थ पोखिदिएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *