Home  
Janahit Voice

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, अर्याललाई मुख्यसचिव बनाइँदै

३२ जेष्ठ २०८०, बिहीबार

काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मन्त्रिपरिषद् बैठक बसेको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मुख्यसचिव परिवर्तनबारे निर्णय गर्ने कार्यसुचि रहेको छ।

बैठकले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने तयारी गरेको छ। हालका मुख्य सचिव रहेका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म छ । तर उनलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरिएको हो। वैरागीलाई सरकारले अन्तै व्यवस्थापन गर्ने भएको छ ।

चैतमा अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको थियो। अर्याल मुख्यसचिव नियुक्त नहुँदा असार ३ गते सचिवको ५ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जाने थिए।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *