Home  
Janahit Voice

श्रीमानको कुटपिटबाट घाइते भएकी दलित वडा सदस्य ज्ञानु विकको मृत्यु

३२ जेष्ठ २०८०, बिहीबार

काभ्रेको नमोबुद्ध नगरपालिका– ११ मा श्रीमानको कुटाइबाट श्रीमतीकाे मृत्यु भएकाे छ ।  श्रीमानको कुटपिटबाट घाइते भएकी दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विकको मृत्यु भएको हो।

उनका श्रीमान ४८ वर्षीय  शम्भु विकले जेठ २९ गते मापसे गरी कुटपिट गर्दा ज्ञानु गम्भीर घाइते भएकी थिइन्।मृतक निर्वाचित वडासदस्य समेत हुन् । श्रीमानको कुटाइबाट घाइते भएकी वडासदस्यको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

घरायसी झगडाको क्रममा जेठ २९ गते राति शम्भुले ज्ञानीमाथि कुटपिट गरेका थिए । धुलिखेल अस्पतालमा परीक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।

ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान् शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडासदस्य निर्वाचित भएकी थिइन् ।

शव अहिले पोस्टमार्टमको तयारी भइरहेको छ । हत्याआरोपी विकलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *