Home  
Janahit Voice

सिंहदरबारका कर्मचारीको अनुगमन गर्यो राष्ट्रिय सतर्कता केन्द्रले

३२ जेष्ठ २०८०, बिहीबार

राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरूको अनुगमन सुरु गरेको छ । सतर्कता केन्द्रले बिहीबार सिंहदरबार कर्मचारीहरूले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै दक्षिण गेटमा बसेर अनुगमन गरेको हो ।

कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण राख्न थालेको हो । छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।

सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेको गुनासो आएको र बाहिर निस्किने कर्मचारीहरूले कुनै न कुनै बहना बनाउने गरेकाले अनुगमन गर्नुपरेको सतर्कता केन्द्रले जनाएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *