Home  
Janahit Voice

काठमाडौं महानगरपालिकाले हटाउन थाल्यो बसपार्क बाहिरका टिकट काउन्टर

१ असार २०८०, शुक्रबार

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन  सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै नयाँ बसपार्कबाट मात्रै काठमाडौं बाहिर जाने र भित्रने सवारीहरू सञ्चालन गर्न भनेको भनेको थियो।

त्यही अनुसार शुक्रबार बिहानैबाट महानगरका प्रहरीहरूले टिकट काउन्टर हटाउन सुरू गरेका हुन्। टिकट काउन्टर हटाउन नगर प्रहरीका अतिरिक्त सशस्त्र र नेपाल प्रहरी पनि उल्लेख्य मात्रामा परिचालन गरिएको छ। नगर प्रहरीहरूले बसपार्क बाहिर राखिएका टिकट काउन्टरका बोर्डहरू हटाइरहेका छन्।

जथाभावी राखिएका टिकट काउन्टरले शहरको सुन्दरता घटाएको, सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भएको र जथाभावी राखिएका टिकट काउन्टरबाट यात्रुहरु ठगिएको भन्दै काठमाडौं महानगरपालिकाले बसपार्क बाहिर राखिएका टिकट काउन्टर  हटाउन थालेको हो।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *