Home  
Janahit Voice

वडाध्यक्षलाइ कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकल पक्राउ

१ असार २०८०, शुक्रबार

बिहीबार बिहान झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। मेचीनगर ६ का विजय पनेरुले हेलमेटले हानेर नाकको डाँडी भाँचिदिएका थिए। अहिले पनेरुलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको बताइएको छ ।

वडाध्यक्ष मिया बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आउनु भएको थियो। सामान्य रूपमा गाँडी र मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा रहेका पनेरुले रिसको झोकमा वडा अध्यक्ष मियामाथि हेलमेट प्रहार गरेर घाइते बनाएको पाइएको प्रहरीको भनाई छ ।

प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको समयमा लडेको र उठेर हेलमेटले मियालाई कुटेको प्रत्यक्षहरूले बताएको प्रहरीको भनाई छ । अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

वडाध्यक्ष मियाले आफूमाथि अभद्र व्यवहार भएको र ज्यान मार्ने उद्देश्यले कुटपिट भएको भन्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *