Home  
Janahit Voice

क्यानडामा बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु, १० घाइते

१ असार २०८०, शुक्रबार

बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै  एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने  १० जना घाइते भएका छन् ।

दुर्घटनाबारे मनिटोबाका सुरक्षा सहायक आयुक्त रोब हिलले  पत्रकारहरूलाई जानकारी दिँदै बसमा सवार २५ जना ज्येष्ठ नागरिकमध्ये गम्भीर घाइते भएका १० जनालाई तत्काल अस्पताल भर्ना गरिएको बताएका छन। पश्चिमी मनिटोबा सहर डाउफिनतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परी आफ्ना प्रियजन गुमाउनेहरूप्रति क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले समवेदना प्रकट गर्नुभएको छ । शोकको यो घडीमा सबै क्यानडेली नागरिक मृतकका परिवारका सदस्यसँगै रहेका उहाँले ट्विटरमा उल्लेख गर्नुभएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *