Home  
Janahit Voice

आज कोशीबाहेक सवै प्रदेशको बजेट आउँदै

१ असार २०८०, शुक्रबार

काठमाडौं – आज प्रदेश सरकारहरूले बजेट ल्याउँदै छन् अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट हरेक वर्षको असार १ गते भित्र ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज बजेट ल्याउन लागेका हुन् ।

कोशी प्रदेश सरकार बाहेकका अन्य सवै प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्नेछन् । कोशी प्रदेश सरकारले भने बिहीबार नै अध्यादेशमार्फत बजेट प्रस्तुत गरिसकेको छ ।

नेपालको संविधानको धारा ५९ मा सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट ल्याउने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने उल्लेख छ ।

उपधारा ३ ले प्रदेश र स्थानीय तहले बजेट पेस गर्ने समय सङ्घीय कानुनबमोजिम हुने व्यवस्था गरेको छ । कानुनअनुसार प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्षको असार १ गतेभित्र आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्नेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *