Home  
Janahit Voice

दाङमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकको मृत्यु, दश जना घाइते

१ असार २०८०, शुक्रबार

दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।शुक्रबार बिहान साढे दश बजेतिर तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको जिप दुर्घटना हुँदा रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ का चालक अन्दाजी ३२ वर्षीय विष्णु पुन को मृत्यु भएको हो।

उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनाका दश जना घाइते भएको  र ६ जनाको  अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। गम्भीर घाइतेहरुलाई थप उपचारका लागि बाँकेको कोहपुर मेडिकल कलेजका लागि रिफर गरिएको छ।अन्य घाइतको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार जारी छ।

तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको यात्रुबाहक जिप तुलसीुर उपमहानगरपालिका वडा नं. ३ शिरखोला नजिकैबाट अन्दाजी ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

तुलसीपुरदेखि रोल्पा जान थालेको यात्रुबाहक जिप तीव्र गतिका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *