Home  
Janahit Voice

‘आदिपुरूष’को ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द फिल्ममा नसच्चिएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने : मेयर बालेन शाह

१ असार २०८०, शुक्रबार

दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर काठमाडौं महानगरका मेयर बालेन शाहले आपत्ति जनाएका छन्।

बालेनले फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन।

उनले सामाजिक सञ्जालमा फेसबुक मार्फत लेख्दै नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताएका छन।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, काठमाडौं महानगरका मेयर बालेन शाहले भनेका छन्।

उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको बताएका छन। शुक्रबारदेखि विश्वव्यापी रूपमा फिल्म प्रदर्शन हुन लागेको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *