Home  
Janahit Voice

पूर्वी नेपालमा बाढी–पहिरो: शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता, एक जनाको मृत्यु

३ असार २०८०, आईतवार

मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षती भएको छ । सङ्खुवासभा जिल्लाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ भने २५ जना बेपत्ता भएका छन् ।

बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

शनिबार राति आएको बाढी र पहिरोमा परी सङ्खुवासभाको हेवाखेलामा सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले सङ्खुवासभाले जनाएको छ ।बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको छ। उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको समेत प्रहरीले जनाएको छ।

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल भत्काएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरएवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *