Home  
Janahit Voice

उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

३ असार २०८०, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । गए राती स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आइतबार विज्ञप्ती जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्न मणि गजुरेलले राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । गत मङ्गलबार राष्ट्रपति पौडेलकाे मुटुमा समस्या देखिएपछि शहीद गङ्गगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराएर फर्किनुभएको थियो ।

यसअघि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराज गञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुरविज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो ।

मुटुमा समस्या देखिएको बताइए पनि हाल उनलाई के भएको भन्ने विषय सार्वजनिक गरिएको छैन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *