Home  
Janahit Voice

पिकनिक खान गएका लोकप्रसादको खोलामा डुबेर मृत्यु

३ असार २०८०, आईतवार

पाल्पाको दोभान खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-११ सिर्जननगरका ३४ वर्षीय लोकप्रसाद रजाली रहेका छन।

उनको पाल्पाको तिनाउ गाउँपालिका-२ खुर्सानेस्थित दोभान खोलामा डुबेर मृत्यु भएको हो । शनिबार दिउँसो साथीहरुसँगै पिकनिक खान गएका रजालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पिकनिक सकिएपश्चात घर फर्किने क्रममा लोकप्रसादलाई साथमा नदेखेपछि खोजतलास गर्ने क्रममा पिकनिक खाएको स्थानदेखि अन्दाजी सय मिटर माथि खोलामा पानीभित्र डुबेको अवस्थामा फेला पारेका थिए ।

उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *