Home  
Janahit Voice

भेंडाको भाउमा ठूलो गिरावट, कालीमाटी बजारमा फ्याँकियो गोलभेंडा

३ असार २०८०, आईतवार

काठमाडौं- बजार मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका छन् । शनिवार मेरो किसानले दराज अनलाइनमा अफर भन्दै गोलभेंडा किलोको ९ रुपैयाँ भन्दै बिक्रीका लागि राख्यो।

खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।|

एकसाता अघिसम्म किलोको ४० रुपैयाँमा बिक्री गर्दै आएको गोलभेंडा अहिले २ रुपियमा नि बिक्रि भएको छैन।

उत्पादन बढी भएर बजारमा आउन थालेपछि एक सातामै गोल भेंडाको भाउमा ठूलो गिरावट आएकाले किसानको उत्पादन खेर नजाओस् भनेर अफरमा गोलभेंडा बिक्रीका लागि राखेको बताइएको छ।

बढी उत्पादन भएका कारणले किसानले किलोको २ रुपैयाँमा गोलभेंडा बिक्री गरिरहनुपरेको छ। मूल्य नपाएका कारण किसानले आइतबार कालिमाटी तरकारी बजारमा गोलभेंडा फालेर विरोध समेत जनाएका छन्। उपत्यका सबैभन्दा धेरै गोलभेंडा उत्पादक एक किसानले एक सातादेखि किलोको दुई रुपैयाँमा बेचिरहेको बताउँछन्।

‘एक सातादेखि  गोलभेंडा सित्तैमा जस्तो बेचिरहनुपरेको छ। गोलभेंडा लगाउँदाको लागत होइन कालिमाटीसम्म ल्याउँदाको ढुवानी भाडा पनि थेग्न सकेको किसानहरुको गुनासो छ।

काठमाडौंमा गोलभेंडाको दैनिक खपत २० हजार क्रेट हो। तर अहिले काठमाडौंमा दैनिक ५० हजार क्रेट भित्रिने गरेको छ। मागभन्दा बढी एकैपटक बजारमा आउन थालेपछि बिक्री हुन छाड्यो। त्यसपछि एकाएक भाउ सस्तिएकोबताइएको छ।

‘अहिले तरकारी खेतीमा युवाहरु आकर्षित भएका छन्। युवाहरु पछिल्लो प्रविधिलाई आत्मसात गर्दै टनेलमा गोलभेंडा लगाउने धेरै भएका छन। पछिल्ला केही वर्ष यो सिजनमा गोलभेंडा ७० रुपैयाँ किलोसम्ममा बिक्री हुन्थ्यो। किलोको ७० रुपैयाँसम्म बिक्री भएका कारण उपत्यकाका विभिन्न स्थानमा टनेलमा गोलभेंडा खेती फस्टाउन थाल्योर बजारमा धेरै गोलभेडा भित्रिएकाले भाउ घटेको किसानहरु बताउँछन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *