Home  
Janahit Voice

शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइत

३ असार २०८०, आईतवार

शनिबार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा  यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

राजमार्गमा जिल्लाको कल्लर कहार नजिकै बसको ब्रेक फेल भएर चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये कम्तीमा पाँच महिला र तीन बालबालिका छन् । सो बस सङ्घीय राजधानी इस्लामावादबाट पञ्जाबको प्रान्तीय राजधानी लाहोरका लागि जाँदै गरेको बेलामा दुर्घटना भएको हो ।

सूचना पाएपछि प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेलाई नजिकैको अस्पतालमा पुर्‍याएका थिए । दुर्घटनाको सूचना गर्दै प्रधानमन्त्री शाहबाज सरिफले क्षतिप्रति गहिरो शोक र दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले दुर्घटनाको छानबिन गर्न निर्देशन दिँदै घाइतेलाई आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *