Home  
Janahit Voice

आजदेखि ट्रेड युनियन कांग्रेसको महाधिवेशन सुरु

४ असार २०८०, सोमबार

काठमाडौँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौँमा हुन लागेको महाधिवेशन असार ४ देखि ६ गतेसम्म चल्ने छ ।

पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आबद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिए।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले  आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार बन्द सत्रको कार्यक्रम छ भने असार ६ गते मतदानको प्रक्रिया सुरु हुनेछ ।

कांग्रेसकै शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)लाई एनटीयुसीले निर्वाचनको जिम्मा दिएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने बताइएको छ।

एनटीयुसीका उपसभापति तथा प्रचार समिति संयोजक अजयकुमार राईले महाधिवेशनमा करिब १५ सय प्रतिनिधि र प्रयवेक्षक सहभागी हुने जानकारी दिए । संयोजक राईले भने, ‘आजबाट प्रतिनिधि आउन सुरु भएको छ ।

२७ वटा  आबद्ध संघ र ७७ वटा जिल्ला तथा ७ वटा प्रदेश अधिवेशन सम्पन्न भएर १५ सय जति प्रतिनिधि र प्रयवेक्षक आउँदैछन् ।’ उनका अनुसार एनटीयुसीमा चार लाखभन्दा बढी श्रमिक सदस्य रहेका छन् ।

आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्न लागिएको बताइएको छ।

ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागितालाई बढाएको बताउँदै जिल्ला, प्रदेश र आबद्ध सङ्घमा महिला र युवा सहभागिता बढाउन लागेको उल्लेख गरिएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *