Home  
Janahit Voice

कर्णाली नदीमा जिप खस्दा चालकको मृत्यु

४ असार २०८०, सोमबार

प्रदेश ३०१०२२ च ५१२६ नम्बरको जिप सिमकोटबाट हिल्सातर्फ जाँदै गर्दा उकालो सडकमा जिप अगाडी बढ्न नसकेर ब्याक भएपछि नदीमा खसेको हो ।

उक्त दुर्घटनामा परि शान्तिपुर–२ धनुसा जनकपुरका  ३० वर्षका चालक राजेश हेन्जन तामाङ को घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार बिहान साढे सात बजे उक्त घटना भएको हो।

नदीमा खस्दै गरेको जिपबाट चालकले हाम फालेको भए पनि जीपले लछारेर लगेपछि सख्त घाइते भएको अवस्थामा प्रहरीले भेटाएको थियो। प्रहरीले चालकलाई  उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने तयारी गरी रहेको अवस्थामा मृत्यु भएको बताएको छ।

नदीमा खसेको जिपको पाङ्ग्रा मात्र नदी बाहिर देखिएको छ । उकालो भीरमा गाडी चढ्न नसक्ने भन्दा चालक तामाङले बाह्र जना यात्रुलाई झारेर आफुले गाडी चलाएका थिए।

यसबाट मृतक चालकले ठुलो मानवीय क्षती हुनबाट भने जोगाएको  बताइएको छ। चालक बचेको भए प्रहरीले सम्मान गर्ने तयारी समेत गरेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *